Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

प्रदेश १ मा कोरोना संक्रमणदर बढ्दै, निषेधाज्ञा थप कडाई (आदेशसहित)

न्युज कारोबार काठमाडौं साउन ८, २०७८       

प्रदेश १ मा कोरोना संक्रमणदर बढ्दै, निषेधाज्ञा थप कडाई (आदेशसहित)

प्रदेश १ मा कोरोना संक्रमणदर बढ्दै गएको छ । प्रशासन र स्थानीय तहले कोरोना संक्रमणको दर बढेको भन्दै जिल्ला र स्थानीय तहमा फेरि निषेधाज्ञाको समयमा परिवर्तन गरी कडाइ गर्न थालेका छन् ।

मोरङ, सुनसरी र झापा प्रशासनले केही दिन यता कोरोना संक्रमण दर बढ्दै गएको भन्दै भिडभाड हुने स्थानमा कडाइ गर्न थालेका हुन् । कोरोना संक्रमणको दरमा कमी आएको भन्दै असारको तेस्रो हप्ताबाट निषेधाज्ञा खुकुलो बनाएका थिए तर संक्रमणदर बढी देखिएका मोरङ, सुनसरी, झापा जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञालाई कडा गर्ने बताएका छन् । 

मोरङ प्रशासनको बिहीबार बसेको बैठकले शुक्रबारदेखि लागू हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी पूर्ववतरूपमा सञ्चालन हुँदै आएका अति आवश्यकबाहेक पसल, व्यवसायहरु बिहान ५ देखि बेलुकी ६ बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको छ ।

(आदेशसहित)

सम्बन्धित खबरहरु