Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

रियलमी वाच ‘एस’ भेरियन्ट घडी सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता 

न्युज कारोबार काठमाडौं साउन ७, २०७८       

रियलमी वाच ‘एस’ भेरियन्ट घडी सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता 

स्मार्ट फोन कम्पनी रियलमीले रियलमी वाच गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी ‘एस’ भेरियन्ट सार्वजनिक गरेको छ । रियलमी वाच ‘एस’ स्मार्ट घडीले मुटुको वास्तविक गति मापन गर्ने कम्पनीले जनाएको छ । शरीरको. अक्सिजनको स्तरसमेत मापन गर्न सक्छ ।

रियलमी वाच‘एस’ घडी ३.३ सेमिको फराकिलो टच स्क्रिनसहित रंगीन ३६०एक्स ३६० पिक्सल (२७८ पीपीआई) उच्च रिजोलुसनमा उपलब्ध छ । यो घड झट्ट हेर्दा पनि आकर्षित देखिने कम्पनीको भनाइ छ । उक्त घडीमा ५ तहको स्वचालित ब्राइटनेस उपलब्ध छ । जसले गर्दा अध्याँरोमा पनि एकदमै उज्यालो हुन्छ । नेपाली बजारमा यसको मूल्य ९ जार ९ सय ९९ निर्धारण गरिएको छ ।

'यसको बडी ६०६३ अलुमिनियमबाट बनेको बताइएको छ । जसले गर्दा घडी बढी मजबूत र कम तौलको छ । यसको स्ट्राप (पेटी) उच्च स्तरको तरल सिलिकोनले बनेको छ । जुन टिकाउ छ ।कम्पनीका अनुसार कालो, निलो, हरियो र सुन्तला रंग मा यसको स्ट्रापहरु उपलब्ध छन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

कम्पनीका अनुसार रियलमीवाच ‘एस’ घडीबाटै स्वचालित रुपमा फोन अनलक गर्न सकिन्छ । संगीत सुन्न परेमा अथवा फोनको क्यामेरा अन गर्न परे रिमोर्ट कन्ट्रोलको रुपमा यसबाटै गर्न सकिने तथा घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधासमेत रहेकाे रियलमीले जनाएकाे छ ।

सम्बन्धित खबरहरु