Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

देउवालाई मत हाल्ने एमालेका २२ सांसदलाई साेधियाे स्पष्टीकरण (पत्रसहित)

न्युज कारोबार काठमाडौं साउन ६, २०७८       

देउवालाई मत हाल्ने एमालेका २२ सांसदलाई साेधियाे स्पष्टीकरण (पत्रसहित)

नेकपा एमाले ओली पक्षले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । देउवालाई प्रधानमन्त्रीमा मतदान गर्ने नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना सांसदहरुलाई एमालेले स्पष्टीकरण सोधेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपालसहितका २२ सांसदलाई बुधबार स्पष्टीकरण सोध्दै पत्र पठाइएको पुष्टि गरे । सचिव तामाङका अनुसार इमेलमार्फत र हार्ड कपी पनि सम्बन्धित सांसदहरुसम्म पठाइएको छ । सोमबारको बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण साेध्ने निर्णय गरेकाे थियाे ।

स्पष्टीकरण पत्र :

सम्बन्धित खबरहरु