Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच समझदारी

न्युज कारोबार काठमाडौं साउन ६, २०७८       

आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच समझदारी

आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच एक समझदारी भएको छ । समझदारीअनुसार आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीले आइएमई पेमा इन्टर्नसीपको अवसर पाउनेछन् ।

सेन्टर फर क्यारियर गाइडेन्स एण्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा प्रविधि मानवीय जीवनको एक महत्वपुर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ । धेरै टेक फर्मले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिन टेक कम्पनीले मानवीय जीवनलाई सहज बनाउनका साथै विद्यार्थीको लागि थुप्रै अवसरका ढोका पनि खोलिदिएका छन् । वित्त र प्रविधिको उत्तम मिश्रणले विश्वभरीका अवरोधको समाधान निकाल्न नयाँ-नयाँ रोजगारीका अवसरको पनि सिर्जना गरिरहेका छन् । समझदारी यस्तै विषयवस्तुलाई ध्यानमा राख्दै गरिएको थियो । यूवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजसँग पनि क्रमवद्ध रूपमा थप छलफल गर्दै जाने आइएमई पे को योजना रहेको छ ।

दुई पक्षबीच सम्पन्न समझदारीमा मल्पी इन्टरनेशनल कलेजले प्रशन्नता व्यक्त गर्दै आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र आइएमई ग्रुपका मानव संसाधन विभाग प्रमुख सुवास गौतमलाई विशेष धन्यवाद व्यक्त गरेको छ । कोरोना महामारीका कारण उक्त समझदारी भर्चुअल माध्यमबाट सम्पन्न गरिएको थियो । 

सम्बन्धित खबरहरु