Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

सनराइज बैंकले सुरु गर्‍यो कार्डलेस भुक्तानी सुविधा 

न्युज कारोबार काठमाडौं साउन ६, २०७८       

सनराइज बैंकले सुरु गर्‍यो कार्डलेस भुक्तानी सुविधा 

सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् ।

यस सेवाअन्तर्गत ग्राहकले आफ्नो सनराइज स्मार्ट (मोबाइल बैंकिङ) प्रयोग गरी Cardless Withdrawal Option मा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सबमिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा OTP code SMS मार्फत आउनेछ । सनराइज बैंकको एटीएममा गई Cardless Withdrawal option रोजी SMS मा आएको OTP CODE को प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको OTP code भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएको छ । नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौतिक कार्ड बोक्न बिर्सेको अवस्थामा पनि मोबाइल बैंकिङ प्रयोग एटीएममार्फत सजिलै रकम झिक्न सकिने छ ।

सनराइज बैंकले यस अघि पनि मिस्डकलबाट बत्तीको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवा प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकले बैंकको देशभरी रहेको १६१ वटा एटीएममार्फत लिन सक्नेछन् ।

सम्बन्धित खबरहरु