Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

ओली-विप्लव भेटवार्ता

न्युज कारोबार काठमाडौं साउन ५, २०७८       

ओली-विप्लव भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि नेकपा महासचिव विप्लव मंगलबार बिहान बालकोट पुगेका थिए । विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पनि ओलीसँगको भेटमा सहभागी भएका थिए । 

केही दिनयता विप्लवले राजनीतिक दौडधूपलाई तीव्रता दिएका छन् । उनले यसबीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

आफ्ना नेताहरुको रिहाइ र सरकारसँगको सहमति कार्यान्वयनका लागि विप्लवले भेटघाटलाई तीव्रता दिएको जनाइएको छ ।

सम्बन्धित खबरहरु