Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

बिहानैदेखि प्रचण्डकाे दाैडधूप : माधव नेपाल र उपेन्द्र यादवसँग छलफलपछि बालुवाटार प्रस्थान

न्युज कारोबार काठमाडौं साउन ५, २०७८       

बिहानैदेखि प्रचण्डकाे दाैडधूप : माधव नेपाल र उपेन्द्र यादवसँग छलफलपछि बालुवाटार प्रस्थान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मंगलबार बिहानैदेखि दाैडधूपमा छन् । उनी लगातार भेटवार्तामा व्यस्त छन् । उनले कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरे ।

त्यसलगत्तै उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन् । ‘प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटार जानुभएको छ,’ स्रोतकाे भनाइ छ । प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ । यो साताभित्रै मन्त्रिपरिषद विस्तारकाे तयारी भएपछि नेताहरूकाे सक्रियता बढेकाे छ ।

सम्बन्धित खबरहरु