Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहलाई कारबाहीको तयारी

न्युज कारोबार काठमाडौं साउन ४, २०७८       

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहलाई कारबाहीको तयारी

आज नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको नेकपा एमालेले जनाएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न एमाले निर्देशन दिएको थियो ।

तर मालेका ३३ जना सांसदले पार्टी ह्वीप उलंघन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए भने अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।

सम्बन्धित खबरहरु