Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

चालू आवको सुरुवातीमा सेयर बजारमा हरियाली, ९७ अंकले बढ्यो नेप्से

न्युज कारोबार काठमाडौं साउन ३, २०७८       

चालू आवको सुरुवातीमा सेयर बजारमा हरियाली, ९७ अंकले बढ्यो नेप्से

चालू आर्थिक वर्षको सुरुवातीमा सेयर बजारमा हरियाली लागेको छ । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ९७.२१ अंकले बढेर दुई हजार ९८०.६१ अंकमा उक्लिएको छ । त्यस्तै ठूला कम्पनी (क वर्ग) का कम्पनीहरुको कारोबार गर्ने सेन्सेटिभ परिसूचक १९.५५ अंकले बढेर ५६०.९६ अंकमा प्रवेश गरेको छ । 

आज कारोबार रकम पनि निकै बढेको छ । लामो समयदेखि ओरालो लागेको कारोबार रकम आइतबार भने ११ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ । आज २२१ कम्पनीको दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँमा किनबेच भएको छ । 

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ सबइन्डेक्स हरियाली लागेको छ । सबै समूहअन्तर्गतका कम्पनीको सेयर उकालो लागेको छ । आज हिमालयन पावर पाटर्नर, सिंघाती हाइड्रो इनर्जी, नगादी ग्रुप पावर, सिन्धु विकास बैंक लिमिटेड र समृद्धि फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित खबरहरु