Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

लक्ष्यभन्दा आठ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन

न्युज कारोबार काठमाडौं साउन ३, २०७८       

लक्ष्यभन्दा आठ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन फाइल तस्बिर

आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार रूपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार रूपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७/७८ मा संकलित राजस्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार रूपैयाँ, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार रूपैयाँ र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रूपैयाँ रहेको छ । सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ । (रासस)

सम्बन्धित खबरहरु