Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

बागमती प्रदेशमा खोपका लागि दुई अर्ब रूपैयाँ विनियोजन

न्युज कारोबार काठमाडौं साउन २, २०७८       

बागमती प्रदेशमा खोपका लागि दुई अर्ब रूपैयाँ विनियोजन

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरिएन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ ।

सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि संक्रमितलाई उपचार गर्न अस्पतालमा श्ययाको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकार गरिरहेको जानकारी दिए । चालू आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उनले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि दुई अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको बताए ।

मन्त्रालयको गतिविधिका बारेमा आज यहाँ सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले खोप खरिदका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको रसंभव नभएमा संघीय सरकारसँग सहकार्य गरेर खोप लगाउने ल्याउने प्रतिवद्धता जनाए । उनले कोरोना संक्रमणबाट सुरक्षित रहन स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेसमेत आग्रह गरे । यसैबीच प्रदेश सरकारलाई ‘एसटीसी ग्रुप’ नामक संस्थाद्वारा २०० अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र उप्रेतीले हालै सामाजिक विकास मन्त्रालयलाई ती सिलिन्डर हस्तान्तरण गरेको जनाइएको छ । (रासस)

सम्बन्धित खबरहरु