Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी राजस्व संकलन

न्युज कारोबार काठमाडौं साउन २, २०७८       

लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ११ करोड राजस्व संकलन  गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ८५ करोड, अन्त:शुल्कतर्फ ४४ करोड र स्वास्थ्य सेवा करबापत ९२ लाख संकलन भएको बताए । अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ ।

अघिल्लो वर्ष कार्यालयले तीन अर्ब एक करोडमात्र राजस्व संकलन गरेको थियो । उनले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड- १९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिए ।

सम्बन्धित खबरहरु