Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो सेयर बजार, ८ अर्बभन्दा बढीको कारोबार

न्युज कारोबार काठमाडौं असार ३१, २०७८       

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो सेयर बजार, ८ अर्बभन्दा बढीको कारोबार

साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ११.३३ अंकले बढेर दुई हजार ८८३.३८ अंकमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले बढेर ५४१.३१ अंकमा पुगेको छ ।

आज २२३ कम्पनीको पाँच करोड ८५ लाख दुई हजार १०९ कित्ता सेयर आठ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँमा किनबेच भएको छ । नेपाल एक्सचेन्जमा सूचीकृत भएका १३ उपसमूहमध्ये ९ समूहअन्र्तगतको सेयर उकालो लागेको छ भने बाँकीको सेयर घटेको छ । बैंकिङ, व्यापार, जलविद्युत, वित्त, निर्जीवन बिमा, लघुवित्त र सामुहिक लगानी कोषको सेयर उकालो लागेको छ भने होटल तथा पर्यटन, विकास बैंक, उत्पादनमुलक, अन्य, जीवन बिमा र लगानी कोषको सेयर ओरालो लागेको छ ।

सम्बन्धित खबरहरु