Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

मंगलबार थप १६३९ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

न्युज कारोबार काठमाडौं असार २९, २०७८       

मंगलबार थप १६३९ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६३९ र ३ हजार ९५४ एन्टिजेन परीक्षणमा ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पीसीआर र एन्टिजेन गरी देशभर २ हजार ३९८ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर मात्रै ६ लाख ५८ हजार ७७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । सोमबारको तुलनामा आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या कम हो । सोमबार १८ जनाको कोरोनाबाट ज्यान गुमेको थियो ।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ । त्यस्तै आज २ हजार ७८ जना कोरोनामुक्त भएका छन् । यससँगै देशभर कोरोनामुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ ।

सम्बन्धित खबरहरु