Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

न्युज कारोबार बाँके असार २७, २०७८       

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तुसहित तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका-४ ठेगाना भएका ४९ वर्षीय भक्तबहादुर पुन, सोही ठाउँ ठेगाना भएका ४१ वर्षीय केशव पुन र दाङ शान्तिनगर गाउँपालिका-१ ठेगाना भएका २९ वर्षीय रोबिन बुढा रहेका छन् ।

उक्त गेष्ट हाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले तलासी लिने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबरहरु