Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

नेपाल चेम्बर अफ कमर्सको शिक्षा,संस्कृति तथा खेलकूद समिति गठन

न्युज कारोबार काठमाडौं असार २७, २०७८       

नेपाल चेम्बर अफ कमर्सको शिक्षा,संस्कृति तथा खेलकूद समिति गठन

नेपाल चेम्बर अफ कमर्सको शिक्षा,संस्कृति तथा खेलकूद समिति गठन भएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको कार्यसमिति सदस्य दिपक काजी तुलाधरको सभापतित्वमा गठित शिक्षा,संस्कृति तथा खेलकूद समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरे ।

उक्त समितिको सह सभापतिमा रुपक राजवंशी तथा सदस्यहरुमा क्रमश समिर थापा, अजय बल्लभ पन्त, धिरज कार्की, सचिन्द्र प्रधान, दिपिका रिमाल थापा, निरज कार्की मनोनित भएका छन् । नव मनोनित पदाधिकारी तथा सदस्यलाई मनोनयन पत्र प्रदान गर्दै चेम्बरका अध्यक्ष मल्लले यस समितिमा शिक्षा,संस्कृति तथा खेलकुद क्षेत्रमा लामो अनुभव हाशिल गरेकाको प्रतिनिधित्व भएकोले चेम्बरको सामाजिक दायित्व अन्तर्गतको शिक्षा,संस्कृति तथा खेलकूद क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्ने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे ।

सो अवसरमा नेपाल चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।

सम्बन्धित खबरहरु