Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

गण्डकीमा आचार्यलाई ऊर्जा र मनाङेलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

न्युज कारोबार काठमाडौं असार २७, २०७८       

गण्डकीमा आचार्यलाई ऊर्जा र मनाङेलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशमा जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आचार्य र मनाङेलाई सो मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । सुरूमा मनाङे र आचार्यले अस्वीकार गरेका मन्त्रालय नै दिइएको हो । अर्थ मन्त्रालय दाबी गरिरहेका आचार्यले भनेको मन्त्रालय नपाएको बताए पनि भित्री रुपमा जसपाका दुबै सांसदलाई मन्त्री बनाउनुपर्ने माग गरिरहेका थिए भने मनाङेले भौतिक पूर्वाधार मन्त्रालय चाहिने भन्दै अस्वीकार गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुअघि लिखित सम्झौता गरेर पनि कार्यान्वयन नगरेको कांग्रेससँग बजेट छलफल पहिले यसअघि अस्वीकार गरेको मन्त्रालयकै जिम्मेवारी लिने सहमति भएको जसपाका आचार्यले बताए । 

सम्बन्धित खबरहरु