Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

किन आकर्षित हुँदैछन् लगानीकर्ता रिडी हाइड्रो पावरको सेयरमा ?

न्युज कारोबार काठमाडौं असार २३, २०७८       

किन आकर्षित हुँदैछन् लगानीकर्ता रिडी हाइड्रो पावरको सेयरमा ?

वितग केही महिनादेखि लगानीकर्ताहरु रिडी हाइड्रो पावर कम्पनीको सेयरमा आकर्षित भइरहेका छन् । यसै वैशाख २१ गते २३० रुपैयाँ रहेको यस कम्पनीको आषाढ १७ गतेको अन्तिम मूल्य ५४४ रूपैयाँ रहेको छ ।

यस कम्पनीको जम्मा चुक्ता पुँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ भन्ने दोस्रो बजारमा सूचीकृत सेयरको संख्या ५८ लाख ५५ हजार ५८० रहेको छ । जसमध्ये प्रोमोटरहरुसँग ६१ प्रतिशत र सर्वसाधारणतर्फ ३९ प्रतिशत अर्थात् २२ लाख ८३ हजार ६७६ रहेको छ । यस कम्पनीले हाइड्रो परियोजनाका साथै सोलार परियोजनामा समेत लगानी गरि आम्दानी गरिरहेको छ । 

गत आर्थिक वर्षमा एक करोढ ९३ लाख खुद मुनाफा गरेको यस कम्पनीले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मात्रै दुई करोड १४ लाख खुद नाफा आर्जन गरिसकेको छ । यस वर्षको चौथो आर्थिक वर्षसम्म यस कम्पनीले गत वर्षको तुलनामा निकै ठूलो छलाङ लगाउने देखिएको छ । यसको मुख्य कारण विद्युत आम्दानीमा भएको वृद्धिसँगै यस कम्पनीसँग रहेको रैराङ हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर पनि हो ।

रिडी हाइड्रो पावर कम्पनीको जम्मा १४ लाख कित्ता सेयर रिडी हाइड्रो पावर कम्पनी लिमिटेडको नाममा रहेको छ । रैराङ्ग हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर गत २०७८ को जेष्ठ २३ गतेबाट तीन वर्षको लकईन अवधी पूरा गरी सर्वसाधारण सेयर सरह कारोबार भैरहेको छ । यसै कारणले रिडी हाइड्रो पावर कम्पनी लिमिटेडको नाममा रहेको उक्त रैराङ हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर बिक्री गरी लगानीकर्तालाई यस आर्थिक वर्षमा अन्य आर्थिक वर्षको तुलनामा निकै आकर्षक लाभांश दिने र केही रकमले यसै कम्पनीमार्फत् अन्य सोलार तथा जलविद्युत परियोजनामा लगानी गर्ने योजना रहेको कम्पनीको स्रोतले जनाएको छ ।

रिडी हाइड्रो पावर कम्पनी लिमिटेडले रैराङ हाइड्रो पावर कम्पनी लिमिटेडको केही सेयरहरु बजारमा बिक्री गरिसकेको र अन्य सेयरहरु यसै आर्थिक वर्षभित्र बिक्री गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । रैराङ हाइड्रो पावर कम्पनीको अन्तिम बजार मूल्य ३६९ रहेको छ । रिडी हाइड्रो पावर कम्पनी लिमिटेडले रैराङ हाइड्रो पावर कम्पनीको १४ लाख कित्ता सेयर सोही अन्तिम बजार मूल्य अर्थात् ३६९ बिक्री गरेमा कम्पनीले ३७ करोड ६६ लाख मुनाफा आर्जन गर्नेछ । यसरी सञ्चालन आम्दानीसहित यस कम्पनीको प्रति सेयर आम्दानी झन्डै ७० भन्दा माथि हुने आंकलन सहजै गर्न सकिन्छ ।

यस कम्पनीले आ.व. २०७०/७१ देखि आ.व. २०७६/७७ सम्म हरेक वर्ष बोनस तथा नगद लाभांश दिँदै आएको छ । हरेक वर्ष लाभांश दिँदै आएकोले पनि यस कम्पनीमा लगानीकर्ताको आकर्षण भैरहेको अनुमान गर्न सकिन्छ । प्राविधिक विश्लेषणका आधारमा समेत यस कम्पनीले त्रिकोणस्वरुप बनाइसकेको कारण यस कम्पनीको सेयरले नयाँ उचाइको मूल्य समायोजन गर्ने सम्भावना निकै उच्च रहेको देखिन्छ ।

 

सम्बन्धित खबरहरु