Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

अजोड इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

न्युज कारोबार काठमाडौं असार २२, २०७८       

अजोड इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

अजोड इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवमा कम्पनीले प्रधान कार्यालयसहित सातै प्रदेशमा तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरी ४७ वटा कार्यालयहरु, तीन वटा तेस्रो पक्ष बिमा काउन्टरहरु र सात वटा बिमा काउन्टरमार्फत् बिमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको जनाएको छ ।

अहिले अजोड इन्स्योरेन्सको सम्पूर्ण कार्यालय र बिमा काउन्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् । कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि वेब बेस सिस्टम र कम्पयुटर बिलिङको व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एवं पारदर्शी बनाउने उद्देश्यले फास्ट ट्र्याक दावी भुक्तानी नीति अवलम्वन गरी दुई लाखसम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

कम्पनीले Integrated MIS System, Investment Software, Group SMS System, AJOD Chat board को सुरुवात गरिसकेको छ । त्यसैगरी Digital Payment Gateway का लागि कम्पनीले IME Pay, Prabhu Pay, NICASIA Phone Pay, Cell Pay, Khalti, e-Sewa, Pay well, Connect IPS आदि सेवाहरु समेतको सुरुवात गरेको छ ।

चालू आ.व.को मिति २०७८/०३/२१ गतेसम्म कम्पनीको चुक्ता पुँजी एक अर्ब, लगानी १४७.३१ करोड रुपैयाँ र कुल दाबी भुक्तानी ५८.९७ करोड रुपैयाँ (कोरोना बिमा दाबी भुक्तानी १२.९७ करोड रुपैयाँ र अन्य बिमा दाबी भुक्तानी ४६ करोड रुपैयाँ रहेको छ । कम्पनीले प्रविधिमा आधारित बिमा सेवा प्रदान गर्ने लक्ष्यअनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने प्रक्रियामा रहेको छ । 

साथै आगामी दिनमा कम्पनीले बिमा सेवाको पहुँच बढाउनको लागि देशका सुगमदेखि दुर्गम क्षेत्रमा समेत आफनो बिमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यकताका आधारमा केही नयाँ बिमा लेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका बाबजुत हालसम्म १२०७०६ बिमालेख जारी गरी १२०.८३ करोड रुपैयाँ बिमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ । 

सम्बन्धित खबरहरु