nmb bank

गृहपृष्ठ उच्च अदालतले ४५ लाख जरिवाना सुनाएका कलाकार राणा पक्राउ

उच्च अदालतले ४५ लाख जरिवाना सुनाएका कलाकार राणा पक्राउ

उच्च अदालतले ४५ लाख जरिवाना सुनाएका कलाकार राणा पक्राउ

प्रहरीले कलाकार शिशिरशमशेर राणालाई पक्राउ गरेको छ । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई विजुलीबजारबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई पक्राउ गरेको हो ।

शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो । २०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।

प्रकाशित समय : ०१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु