Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

दुई दशकपछि सदरमुकाम मलंवामा पक्की सडक निर्माण सुरु

न्युज कारोबार काठमाडौं असार २०, २०७८       

दुई दशकपछि सदरमुकाम मलंवामा पक्की सडक निर्माण सुरु फाइल तस्बिर

सर्लाही सदरमुकाम मलंवा नगरपालिका क्षेत्रमा झन्डै दुई दशकपछि पक्की सडकको निर्माण सुरु भएको छ । जिल्लाको नवलपुर–मलंवा सडकखण्डअन्तर्गत पर्ने मलंवा–१० स्थित जिल्ला विकास चोकबाट वडा नं ८ राजश्री सिनेमा हलचोकसम्म बजार क्षेत्रको भित्री सडक निर्माण सुरु भएको हो ।

करिब एक हजार ७०० मिटर लम्बाइमा दुवैतर्फ डेढ/डेढ मिटर नाला तथा १३ मिटर आरसीसी ढलान रहने गरी जम्मा १५ मिटर चौडाइको उक्त सडकको निर्माण सुरु भएपछि मलंवावासी खुशी भएका छन् । केन्द्र सरकारअन्तर्गत रहेको सहरी विकास मन्त्रालयको १० करोड रूपैयाँ बजेटबाट उक्त सडकको निर्माण सुरु भएको मलंवा नगरपालिकाले जनाएको छ ।

यसअघि ४२ मिटर चौडाइको सडक बनाउने योजना रहेको भए पनि सयौँ स्थानीय बासिन्दाको घर पूर्णरूपमा क्षति हुने र सडक पनि नबन्ने भएपछि नगरपालिकाको बोर्डको बैठकको निर्णयानुसार १५ मिटर चौडाइको सडक बनाउन लागिएको नगरप्रमुख निरसल साहले बताए । (रासस)

सम्बन्धित खबरहरु