Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

थप १३९१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

न्युज कारोबार काठमाडौं असार १८, २०७८       

थप १३९१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा  ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर पीसीआर र एन्टिजेन गरी  २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर मात्रै ६ लाख ४२ हजार ५३ जना पुगेको छ । शुक्रबार कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ९ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना  संक्रमणमुक्त हुनेको संख्या ३ हजार ४५१ रहेको छ । यससँगै नेपालमा हालसम्म ६ लाख ३ हजार ६ सय जना कोरोनाबाट निको भएका छन् । 

देशभर सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।

सम्बन्धित खबरहरु