nmb bank

गृहपृष्ठ ‘इटाली पठाइदिन्छु’ भनेर रकम ठगी गरेको अभियोगमा पक्राउ

‘इटाली पठाइदिन्छु’ भनेर रकम ठगी गरेको अभियोगमा पक्राउ

‘इटाली पठाइदिन्छु’ भनेर रकम ठगी गरेको अभियोगमा पक्राउ

इटाली पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका- ७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

रामेछाप उमाकुण्ड गाउँपालिका-३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी जनही १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिई उनीहरूलाई अजरबैजानसम्म पुर्या एर बिचल्ली बनाई फरार रहेका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको   हो । 

उमेशले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा यूरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब १ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित समय : २३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु