गृहपृष्ठ इंगल्यान्डले ५५ वर्षपछि जित्यो जर्मनीलाई, युरोकपको क्वाटरफाइनलमा प्रवेश
इंगल्यान्डले ५५ वर्षपछि जित्यो जर्मनीलाई, युरोकपको क्वाटरफाइनलमा प्रवेश
विश्व कपको सबैभन्दा बढी विजेता जर्मनीलाई २-० गोलले पराजित गर्दै इंगल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति आफ्नै घरेलु मैदान वेम्बलीमा भएको खेलमा इंगल्यान्डका लागि रहिम स्टर्लिङले ७५ र कप्तान हेरी केनले ८०औँ मिनेटमा गोल गरेर जित हात पारेका हुन् । इंगल्यान्डले कुनै पनि प्रतियोगिताको नकआउट चरणमा ५५ वर्षदेखि जर्मनीलाई हराएको थिएन । युरोकपको २०२० को नकआउटमा भने इंगल्यान्डले हराएपछि जर्मनीको ५५ वर्षीय इतिहास तोडिएको हो ।
समूह डीको विजेता बन्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको इंगल्यान्डले सेमीफाइनलमा प्रवेशका लागि स्विडेन र युक्रेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । तीन पटकको विजेता जर्मनी अघिल्ला लगातार तीन संस्करणमा कम्तिमा सेमिफाइनलसम्म पुगेको थियो । जर्मनी ग्रुप अप डेथबाट अगाडि बढेको थियो । त्यो समूहबाट आएका फ्रान्स र पोर्चुगल पनि बाहिरिसकेका छन् ।
प्रकाशित समय : १३:०६ बजे