Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

प्रदेश २ मा 'प्रदेश हरित अभियान-२०७८' सुरू, एक सातामा १४ लाख विरुवा रोपिने

दिपेन्द्रप्रसाद सिंह धनुषा असार १५, २०७८       

प्रदेश २ मा 'प्रदेश हरित अभियान-२०७८' सुरू, एक सातामा १४ लाख विरुवा रोपिने

प्रदेश २ मा  'प्रदेश हरित अभियान-२०७८' सुरू गरिएको छ । सोमबार एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले शुभारम्भ गरेका हुन् । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं.४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले वर-पीपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका हुन् ।

अभियानको सुरू गरेसँगै प्रदेशका आठवटै जिल्लामा एक साथ वृक्षारोपणको सुरुवात गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठ वटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिए । 

अभियान शुभारम्भ कार्यक्रममा आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका थिए । सप्तरीमा सामाजिक विकासमन्त्री नवल किशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव, महोत्तरीमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री राम नरेश राय र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंह पुगेका थिए ।

त्यस्तै रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव, पर्सामा उर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले गरेका छन् ।धनुषाको पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मिथिला नगरपालिका प्रमुख हरिनारायण महतो, वन सचिव डा. कँडेल सहितको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु