nmb bank

गृहपृष्ठ स्याङ्जामा चितुवाको आक्रमणबाट एक जना घाइते

स्याङ्जामा चितुवाको आक्रमणबाट एक जना घाइते

स्याङ्जामा चितुवाको आक्रमणबाट एक जना घाइते

चितुवाको आक्रमणमा परेर स्याङ्जाको गल्याङ नगरपालिका-७ का ३८ वर्षीय लालबहादुर विक घाइते भएका छन् । स्थानीय खड्कबहादुर गाहाको बंगुरको खोरमा पसेको चितुवाले बंगुरका तीन वटा पाठापाठी मार्नाका साथै मानिसलाई समेत घाइते बनाएपछि वन कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बंगुरको खोरमा पसेको चितुवाले मान्छेलाई समेत आक्रमण गर्न थालेपछि थप क्षति नहोस् भनेर चितुवालाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । घाइते विक गल्याङ नगर अस्पतालमा उपचारपछि घर फर्किएको र गोली लागेर मृत्यु भएको चितुवालाई वन कार्यालयका कर्मचारीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

प्रकाशित समय : १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु