Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

थप ११७४ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

न्युज कारोबार काठमाडौं असार १२, २०७८       

थप ११७४ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४ हजार ७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४ हजार ८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको छ । देशभर शनिबार पीसीआर र एन्टिजेन गरि २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण हालसम्म ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै शनिबार ४ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७३४ जना आइसीयूमा र २२२ जना भेन्टिलेटरमा छन् ।

सम्बन्धित खबरहरु