Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

ज्योति लाइफद्वारा शाखा तथा उपशाखामा विभिन्न पदका लागि कर्मचारीको माग

न्युज कारोबार काठमाडौं असार १२, २०७८       

ज्योति लाइफद्वारा शाखा तथा उपशाखामा विभिन्न पदका लागि कर्मचारीको माग

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाल भरका विभिन्न शाखा तथा उपशाखामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।  ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा  सेल्स एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

आवेदन दिनको लागि न्यूनतम शैक्षिक योग्यता स्नातक रहेको र २१ वर्ष देखी ४० वर्ष सम्म हुनुपर्ने रहेको कम्पनीले बताइएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिन चाहेको पद तथा स्थान प्रष्ट उल्लेख गरी असार २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदकको लागि २०७८ असार २५ सम्म इमेल vacancy@jyotilife.com वा http://www.merojob/jyotilife मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ । 

 

सम्बन्धित खबरहरु