गृहपृष्ठ नोकिया जी-२० र जी-१० बजारमा
नोकिया जी-२० र जी-१० बजारमा
एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङको नवीनतम दैनिक जीवनको मागहरु पूरा गर्नको लागि नोकिया जी-२० र नोकिया जी-१० सार्वजनिक गरिएको छ । नयाँ जी-सिरिजले नोकिया स्मार्ट फोनको लागि लामो ब्याट्री लाइफ समेटिएको कम्पनीले जनाएको छ ।
प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रबि कुँवरले भने, ‘नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश-लभ इट, ट्रस्ट इट, किप इटले अरुबाट छुट्याएको छ । लभ इट-हामी उपकरणहरुमा अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रस्तुत गर्दछौँ जसले धेरै ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफीको प्रदान गर्दछ । जसको कारण प्रशंसकहरुलाई नोकिया फोनहरुलाई अझ बढी माया गर्ने कारणहरु दिएको छ । ट्रस्ट इट-हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटहरुको साथ कन्सिस्टेन्ट छन् ।’
उनका अनुसार सो फोन प्रयोगकर्तालाई डाटा ब्रिचेजबाट पिस अफ माइन्डको शक्ति प्रदान गर्दछ । किप इट-एचएमडी ग्लोबलले आफ्नो सस्टेनेबिलिटी र ड्युराबिलिटी हार्डवेयरको मार्फत् मात्र नभई सफ्वेयरको मार्फत पनि र दुई वर्षको अपरेटिङ सिस्टमलाई अपग्रेडको सुनिश्चित गरेर नोकिया फोनहरुको लाइफ एक्सपेक्टेन्सी सुधार गर्न र फोनलाई सधैँ फ्रेस र नयाँ देखिने बनाउने प्रण गरेको छ । ‘हामी जति लामो समय आफ्नो फोनको उपयोग गर्नमा दिन्छौँ यो वातावरणको लागि त्यति नै राम्रो छ जसले नेपालको फोहोर व्यवस्थापनको कटौतीमा सकारात्मक प्रभाव पार्न सहयोग पु-याएको छ ।’
नोकिया जी २०-तीन दिनको ब्याट्री पावरहाउस
नोकिया जी-२० ले ४८ एमपीको क्ल्यारिटी वाइडस्क्रिन र वा म्याक्रो र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । नोकिया जी-२० ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ ।
आफ्नो हातको हत्केलामा फिट हुने एक अन द गो क्रिएटिभ स्टुडियो नोकिया जी-२० ले यसको स्टनिंग ४८ एमपीको क्वाड क्यामेरा र पर्याप्त स्टोरेजको साथ अमर बनाउन सहयोग गर्दछ । सुन्दर वाइडस्क्रिन र विस्तृत माइक्रोलेन्सले ठूलो पर्दामा इमेज कैद गर्दछ र फिंगरटिपमा नाइट मोड र पोर्टरेट मोड रहेको छ । सराउन्ड साउन्ड रेकडिङको लागि इमर्सिभ ओजो अडियोको साथ आफ्नो यादगार क्षणहरुलाई कैद गर्न सक्ने बताइएको छ ।
नोकिया जी-२० को प्रभावशाली ६.५ इन्चको टिएरड्र्रप डिस्प्लेको ठूलो पर्दाको आवश्यकता जस्तै इमेज एडिटिंग वा प्रस्तुतीकरणहरुको समीक्षाको लागि डिजाइन गरिएको हो । यसको ह्यान्डी ब्राइटनेस बुस्टको साथ दिनमा या रातमा आफ्नो काम गर्दा धेरै संघर्ष गर्नुपर्ने छैन ।
विश्वास गर्न सकिने सेक्युरिटी र सफ्टवेयर
नोकिया जी-२० नोकिया स्मार्टफोनहरुमा उपलब्ध रहेको सिग्नेचर एण्ड्रोइड प्रमिसले समर्थित छ । यो भनेको तीन वर्षको मासिक सेक्युरिटी अपडेट हो जसले डाटाहरुलाई सकेसम्म सुरक्षित राख्न मद्दत गर्दछ र यसमा दुई वर्षको अपरेटिंग सिस्टमको अपग्रेड छ । जसले नोकिया जी-२० लाई एण्ड्रोइडTM को अपरेटिंग सिस्टमको इन्जेन्युटी र एण्ड्रोइडTM १२ र पछि आउने नेक्स्ट लिपलाई प्राइमिंग गर्दछ । स्ट्रेट आउट अफ द बब्स एण्ड्रोइडTM को साथ लेटेस्ट सुविधाहरुको मज्जा लिन सकिने र आफैंमा केन्द्रित भएर बढी समय खर्च गर्न सकिनेछ ।
कहिल्यै पनि विलिन नहुने शैली र सामाग्री
नोकिया जी २० नोकिया स्मार्टफोनको सिग्नेचर ड्युराबिलिटी र स्टेट-अफ-द-आर्ट टेक्नोलोजीको समिश्रण हो, जुन वर्षौंसम्म टिक्न, राम्रो देखिन र ड्रिमफोन बन्न निर्मित छ । नोकिया जी-१० आकर्षक मूल्य पोइन्टको लागि निर्मित स्मार्टफोन हो । यसको ५०५० एमएएच ब्याट्रीको साथ, यसले एकल चार्जमा तीन दिनसम्म पावर प्रदान गर्दछ । यसमा एआई टेक्नोलोजीले सहायता पु-याउँछ, जसले फोनको पावरलाई चाहिने बेलामात्र उपयोग गरेर म्यानेज गर्दछ र यसले अनावश्यक एप्लिकेसनहरुबाट ब्याट्री ड्रेन हुन दिँदैन ।
जीवनको हरेक पल एक फ्ल्यासा नै जान्छ तर यसको ट्रिपल रियर क्यामेराको मद्दतले एक बिटलाई पनि छुट्टाउँदैन । राउन्ड डिटेल्ड हाउसिँगले १३ एमपीको ट्रिपल क्यामेरा म्याव्रmो र डेप्थ लेन्सको प्रस्तुती दिन्छ । यसका साथै अगाडि रहेको ८ एमपीले भिडियो कल गर्दा क्ल्यारिटीलाई बढाउँछ । यो सबैलाई नाइट मोड र पोट्र्रेट मोडसहित एआई इन्ह्यान्स्ड सुटिंग मोडहरुद्वारा इन्ह्यान्स्ड गरिन्छ ।
६.५ इन्चको डिस्प्लेको साथ बोरडम अब विगतको कुरा हुनेछ । यो एटेन्सन ग्राबिंग स्व्रिmन सम्पूर्ण परिवारलाई वरिपरि जम्मा गर्न र रमाइलो गर्नको लागि पर्याप्त छ र यसको ब्राइटनेस बुस्टले स्व्रिmन हेर्दा सहज बनाउँछ ।
सेक्युरिटी र सफ्टवेयरको कुरामा नोकिया जी-१० को डीएनएमा रहेको छ । त्यसैले यो ह्यान्डसेट तीन वर्षको सुरक्षा अपडेटहरु र दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ स्ट्यान्डर्डको रुपमा निःशुल्क आउँछ । यसको अर्थ बहुमूल्य भिडियोहरु, फोटो र फाइलहरु सुरक्षित हातहरुमा छन् । यसको साथै एण्ड्रोइड ११ स्ट्रेट आउट अफ द बक्सको साथ तपाईको फोन उपयोगी सुविधाहरुको साथ उपलब्ध हुनेछ । नोकिया जी-१० मा प्रयोगको लागि सहज बनाउन र सेक्युरिटीको लागि अनलकको सुविधा राखिएको छ । एक झलक वा एक स्पर्शको साथ एक पलमा अनलक गर्ने र फेश रेकग्निसन-साइड-माउन्टेड फिंगरप्रिन्ट सेन्सरको साथ यो सम्भव छ जसले फोनलाई प्रयोग गर्न सहज र सुरक्षित बनाउँछ ।
लामो समयसम्म प्रयोग गर्न सकिने
नोकिया जी-१० सधैं नै आफ्नो टप फर्ममा रहन्छ । यो ह्यान्डसेट वषौंसम्म टिक्न निर्मित छ । नोर्डिक इन्सपायर्ड नाइट र डस्क फिनिस र गुणस्तर नोकिया फोनको बिल्ड क्वालिटीको साथ नोकिया जी १० टेस्ट अफ टाइममा स्ट्यान्ड हुनेछ ।
रंग, मूल्य र उपलब्धता
नोकिया जी २० दुई वटा रंगको भेरिएन्टमा छ । नाइट र ग्लेसियर । ४/६४ जीबीको भेरिएन्ट नेपाली १९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । नोकिया जी १० दुई वटा रंगको भेरिएन्टमा छ । नाइट र डस्क । ४/६४ जीबीको भेरिएन्ट नेपाली १६ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । नोकिया जी २० र नोकिया जी १० देशको स्टोरहरुमा असार ३ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १७:१३ बजे