गृहपृष्ठ सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग
सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दैैै नेपाल राष्ट्र बैंकलाई सुनको आयात तथा विक्री सुचारु गर्न माग गरेको हो ।
लामो समयदेखि कोरोनाका कारण निषेधाज्ञा भएपछि वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको हुँदा सुचारु गर्न माग गरेको महासंघले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मंगलबारदेखि विभिन्न वस्तु र सेवालाई श्रेणीमा वर्गीकरण गरी दैनिक तालिकाअन्तर्गत बार र समयमा व्यवसाय सञ्चालन गर्न सरकारको निर्णयअनुसार बन्द गरिएको सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्न माग गर्दछौं ।’
साविकमा दैनिक २० के.जी. सुन विक्री वितरण हुँदै आएकोमा लामो समयपश्चात् बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा विक्री–वितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० के.जी. सुन विक्री वितरणको अविलम्ब व्यवस्था गर्न माग गरिएको छ ।
प्रकाशित समय : १६:३६ बजे