Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

एनएमबी बैंकको बचतमा बाणिज्य बैंकमध्येकै सर्वाधिक ब्याज

न्युज कारोबार काठमाडौं असार ४, २०७८       

एनएमबी बैंकको बचतमा बाणिज्य बैंकमध्येकै सर्वाधिक ब्याज

हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरीरहेको छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबी बैंकले अहिले साना ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ ।

जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेकोमध्येकै सर्वाधिक ब्याज हो । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । ‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबीले भने स–साना निक्षेपकर्तालाई मर्का नपरोस भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबी बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

सम्बन्धित खबरहरु