Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

नेपालमा नोकिया जी२० र जी१० सार्वजनिक

न्युज कारोबार काठमाडौं असार ४, २०७८       

नेपालमा नोकिया जी२० र जी१० सार्वजनिक

द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङको नवीनतम दैनिक जीवनको माग पूरा गर्नको लागि नोकिया जी २० र नोकिया जी १० सार्वजनिक गरेको छ । तीन दिनको ब्याट्री लाइफको साथ लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसहरुलाई धेरै सहज बनाएको छ ।

नयाँ जी-सिरिजले नोकिया स्मार्टफानेको लागि अझै लामो ब्याट्री लाइफ समेटेको छ । जी-सीरिज हाम्रो स्मार्टफोनको हटर्ल्याण्ड हो । प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रबि कुँवरले भने, 'नोकिया फोनलाई एचएमडी ग्लोबलको हरेक उपकरणमा रहेको सन्देश-लभ इट, ट्रस्ट इट, किप इटले अरुबाट छुट्याएको छ । लभ इट-हामी उपकरणहरुमा अद्वितीय स्मार्टफोनको एक्सपेरियन्स प्रस्तुत गर्दछौँ जसले धेरै ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफीको प्रदान गर्दछ जसको कारण प्रशंसकलाई नोकिया फोनलाई अझ बढी माया गर्ने कारण दिएको छ ।' उनले थपे, 'ट्रस्ट इट हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटहरुको साथ कन्सिस्टेन्ट छन् जसले प्रयोतकर्ताहरुलाई डाटा ब्रिचेजबाट पिस अफ माइन्डको शक्ति प्रदान गर्दछ। किप इट– एचएमडी ग्लोबलले आफ्नो सस्टेनेबिलिटी र ड्युराबिलिटी हार्डवेयरकोमार्फत मात्र नभई सफ्वेयरको मार्फत पनि र २ वर्षको अपरेटिङ सिस्टमलाई अपग्रेडको सुनिश्चित गरेर नोकिया फोनको लाइफ एक्सपेक्टेन्सी सुधार गर्न र फोनलाई सधैँ फ्रेस र नयाँ देखिने बनाउने प्रण गरेको छ । हामी जति लामो समय आफ्नो फोनको उपयोग गर्नमा दिन्छौँ यो वातावरणको लागि त्यति नै राम्रो छ जसले नेपालको फोहोर व्यवस्थापनको कटौतीमा सकरात्मक प्रभाव पार्न सहयोग पुर्‍याएको छ ।'

नोकिया जी २०-तीन दिनको ब्याट्री पावरहाउस

नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइडस्व्रिनमा वा म्याव्रो र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । नोकिया जी २०ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ । आफ्नो हातको हत्केलामा फिट हुने एक अन द गो व्रिएटिभ स्टुडियो नोकिया जी २० ले ग्राहकको दूरदर्शी विचारलाई यसको स्टनिङ ४८ एमपीको क्वाड क्यामेरा र पर्याप्त स्टोरेजको साथ अमर बनाउन सहयोग गर्दछ । सुन्दर वाइडस्व्रिन र विस्तृत माइव्रोलेन्सले ठूलो पर्दामा इमेज कैद गर्दछ र ग्राहको फिंगरटिपमा नाइट मोड र पोर्टरेट मोड रहेको छ । सराउन्ड साउन्ड रेकर्डिँङको लागि इमर्सिभ ओजो अडियोको साथ ग्राहकले आफ्नो यादगार क्षणहरुलाई कैद गर्न सक्नेछन् । नोकिया जी २० को प्रभावशाली ६.५ इन्चको टिएरड्र डिस्प्लेको साथ ग्राहकले कुनै पनि कुरा छुटाउने छैन । 

विश्वास गर्न सकिने सेक्युरिटी र सफ्टवेयर

नोकिया जी२० नोकिया स्मार्टफोनमा उपलब्ध रहेको सिग्नेचर एण्ड्रोइड प्रमिसले समर्थित छ । यो भनेको तीन वर्षको मासिक सेक्युरिटी अपडेट हो जसले ग्राहकको डाटालाई सकेसम्म सुरक्षित राख्न मद्दत गर्दछ र यसमा दुई वर्षको अपरेटिङ सिस्टमको अपग्रेड छ जसले नोकिया जी २० लाई एण्ड्रोइडतको अपरेटिङ सिस्टमको इन्जेन्युटी र एण्ड्रोइडत १२ र पछि आउने नेक्स्ट लिपलाई प्राइमिङ गर्दछ । स्ट्रेट आउट अफ द बब्स एण्ड्रोइडतको साथ तपाईँले लेटेस्ट सुविधाको मज्जा लिन सक्नेछन् र आफैमा केन्द्रित भएर बढी समय खर्च गर्न सक्नेछन् ।

कहिल्यै पनि विलिन नहुने शैली र सामाग्री

नोकिया जी २० नोकिया स्मार्टफोनको सिग्नेचर ड्युराबिलिटी र स्टेट-अफ–द–आर्ट टेक्नोलोजीको समिश्रण हो जुन वर्षौँ सम्म टिक्न, राम्रो देखिन र ड्रिमफोन बन्न निर्मित छ । नोकिया जी १० आकर्षक मूल्य पोइन्टको लागि निर्मित स्मार्टफोन हो । यसको ५०५० एमएएच ब्याट्रीको साथ, यसले एकल चार्जमा तीन दिनसम्म पावर प्रदान गर्दछ । यसमा एआई टेक्नोलोजीले सहायता पुर्याउँछ जसले तपाईँको फोनको पावरलाई चाहिने बेलामात्र उपयोग गरेर म्यानेज गर्दछ र यसले अनावश्यक एप्लिकेसनबाट तपाईँको ब्याट्री ड्रेन हुन दिँदैन ।

राउन्ड डिटेल्ड हाउसिँगले १३ एमपीको ट्रिपल क्यामेरा म्याव्रो र डेप्थ लेन्सको प्रस्तुती दिन्छ । यसका साथै अगाडि रहेको ८ एमपीले ग्राहकले भिडियो कल गर्दा क्ल्यारिटीलाई बढाउँछ । यो सबैलाई नाइट मोड र पोट्रेट मोडसहित एआई इन्ह्यान्स्ड सुटिङ मोडद्वारा इन्ह्यान्स्ड गरिन्छ । ६.५ इन्चको डिस्प्लेको साथ बोरडम अब विगतको कुरा हुनेछ । यो एटेन्सन ग्राबिंग स्व्रिन सम्पूर्ण परिवारलाई वरिपरि जम्मा गर्न र रमाइलो गर्नको लागि पर्याप्त छ र यसको ब्राइटनेस बुस्टले  स्क्रिन हेर्दा सहज बनाउँछ । नोकिया जी १० सधैँ नै आफ्नो टप फर्ममा रहन्छ । यो ह्यान्डसेट वर्षौँ सम्म टिक्न निर्मित छ–नोर्डिक इन्सपायर्ड नाइट र डस्क फिनिस र गुणस्तर नोकिया फोनको बिल्ड क्वालिटीको साथ नोकिया जी १० टेस्ट अफ टाइममा स्ट्यान्ड हुनेछ ।

रंग, मूल्य र उपलब्धता

नोकिया जी २० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछ : नाइट र ग्लेसियर। ४/६४ जीबीको भेरियन्ट नेपाली १९ हजार ९९९मा उपलब्ध हुनेछ । नोकिया जी २० र नोकिया जी १० देशको स्टोरहरुमा असार ३ बाट उपलब्ध हुनेछ ।

 

सम्बन्धित खबरहरु