Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

साताको अन्तिम दिन सुनको मूल्य १२ सय रूपैयाँ घट्यो

न्युज कारोबार काठमाडौं असार ४, २०७८       

साताको अन्तिम दिन सुनको मूल्य १२ सय रूपैयाँ घट्यो

बिहीबार घटेको सुनको मूल्य साताको अन्तिम दिन पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १२ सय रूपैयाँ घटेको हो । बिहीबार सुनको मूल्य १ हजार १ सय रूपैयाँ घटेको थियो ।

महासंघका अनुसार बिहीबार ९२ हजारमा कारोबार भएको छापावाल सुन शुक्रबार ९० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबारको लागि तेजावी सुनको मूल्य तोलामा ९० हजार ३ सय रूपैयाँ कायम गरिएको छ ।

बिहीबार २० रूपैयाँ घटेको चाँदी शुक्रबार ३५ रूपैयाँ घटेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार तोलामा १ हजार ३४० रूपैयाँमा कारोबा भएको चाँदी शुक्रबार १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबरहरु