Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

न्युज कारोबार काठमाडौं असार ४, २०७८       

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

संविधानमा मुख्यमन्त्रीले सपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनु दुई दिनअघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ । सोहीअनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा यसबारे जानकारी गराइसकेको प्रवक्ता खड्काले बताए ।

मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ । गण्डकी प्रदेशसभामा हाल ५९ जना सांसद छन् ।

सम्बन्धित खबरहरु