Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

बिहीबार ७७११ पीसीआर परीक्षणमा १७६८ जनामा संक्रमण पुष्टि, ३९ को मृत्यु

न्युज कारोबार काठमाडौं असार ३, २०७८       

बिहीबार ७७११ पीसीआर परीक्षणमा १७६८ जनामा संक्रमण पुष्टि, ३९ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा  ७ हजार ७११ पीसीआर परीक्षण  गर्दा १ हजार  ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ हजार ७७३ जनाको एन्टिजेन परीक्षणमा ८३९ जनामा कोरोना देखिएको छ । 

यसरी पीसीआर र एन्टिजेन गरी देशभर २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ३९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ जना पुगेको छ । 

 

सम्बन्धित खबरहरु