Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

पार्टी मुख्यालयमा कांग्रेस केन्द्रीय समितिको बैठक जारी

न्युज कारोबार काठमाडौं असार ३, २०७८       

पार्टी मुख्यालयमा कांग्रेस केन्द्रीय समितिको बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक डेढ घन्टा ढिलो सुरु भएको हो । बैठक डाकेको समय अगावै नेताहरु सानेपा पुगेपनि सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष छुट्ट-छुट्टै छलफलमा बसेपछि बैठक ढिला भएको हो ।

विधानअनुसार गर्न नसकेपछि संविधानको सहारामा आगामी भदौ ७ देखि १० सम्म गर्ने कार्यतालिका कांग्रेस पदाधिकारी बैठकले संशाेधन गरी १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले त्यो निर्णयमा छलफल गरी अनुमोदन गर्नुका साथै महाधिवेशनको सुनिश्चितताका लागि गर्नुपर्ने कामका विषयमा निर्णय गर्ने बताइएको छ ।

सम्बन्धित खबरहरु