nmb bank

गृहपृष्ठ नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको सेयर बिक्री गर्ने भएको छ । बैंकको संस्थापक समूहअन्तर्गतको ९ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने बैंकले जनाइएको छ । साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ,संस्था तथा व्यक्तिले असार २ (हिजो) देखि असार १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

साथै प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने पनि जनाइएको छ ।

प्रकाशित समय : २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु