Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

मेरो मन

सुशीला नेपाल काठमाडौं असार ३, २०७८       

मेरो मन

बेसहारालाई सहारा दिने मन छ
जीवन नबुझ्नेलाई बुझाउने मन छ
परिवार बिहीनलाई हौसला दिने मन छ
अरु जस्तोसुकै भए पनि आफैं गर्ने मन छ

समाजका कुरीति हटाई बहार ल्याउने मन छ
कुनै परिवार नछुटाई चेतना जगाउने मन छ
परिवार बिहीनलाई हौसला दिने मन छ
अरु जस्तोसुकै भए पनि आफैं गर्ने मन छ

तिम्रो तितो बोलीमा मिठास भर्ने मन छ
बरालिएको तिम्रो मन समाली दिने मन छ 
आफ्नो कमजोरीहरु बिस्तारै हटाउने मन छ 
तिम्रो कठोर मनलाई पगाल्ने मन छ

तिम्रो लागि दुनियाँ हराउने मन छ
तिम्रो दुःख भुलाई सुखमा जिउने मन छ
तिम्रो न्यानो काखमा सधैं हराउने मन छ
सन्तुष्टका साथ अन्तिम सास छोड्ने मन छ

सम्बन्धित खबरहरु