Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

सर्वोच्चलाई प्रधानमन्त्रीकाे जवाफ- देउवाकाे माग पूरा भए पञ्चायती व्यवस्था ब्यूँतिन्छ

न्युज कारोबार काठमाडौं असार ३, २०७८       

सर्वोच्चलाई प्रधानमन्त्रीकाे जवाफ- देउवाकाे माग पूरा भए पञ्चायती व्यवस्था ब्यूँतिन्छ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पठाएका हुन् ।

प्रधानमन्त्री ओलीले रित निवेदकको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीत रहेको जिकिर गरेका छन् । शेरबहादुर देउवासहितका १४६ निवर्तमान सांसदले माग गरेबमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई ब्युँताउने उनकाे तर्क छ । 'दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई नरहेकाले आफ्नो दलको नेताले प्रधानमन्त्रीमा दाबी पेश गरेको अवस्थामा सोही दलका सांसदले विपक्षी दलको नेतालाई समर्थन गर्ने कार्य संसदीय प्रणालीमा कल्पना नै गर्न सकिन्न,' उनले जवाफमा उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा विघटनको कारण सोध्दै अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई ७ दिनभित्र लिखित जवाफ बुझाउन भनेको थियो । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा असार ९ देखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतकाे संवैधानिक इजलासमा ३० वटा रिट छन् ।

जवाफकाे पूर्णपाठ :

 

सम्बन्धित खबरहरु