Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

एकैदिन सुनको मूल्य ११ सय रूपैयाँ घट्यो

न्युज कारोबार काठमाडौं असार ३, २०७८       

एकैदिन सुनको मूल्य ११ सय रूपैयाँ घट्यो

बुधबार घटेको सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बुधबार १ सय रूपैयाँ घटेको सुनको मूल्य बिहीबार १ हजार १ सय रूपैयाँ घटेको हो ।

महासंघका अनुसार बुधबार तोलामा ९३ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९२ हजारमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबारको लागि तेजावी सुनको मूल्य तोलामा ९१ हजार ५ सय रूपैयाँ कायम गरिएको छ ।

बुधबार ५ रूपैयाँ बढेको चाँदीको मूल्य बिहीबार भने २० रूपैयाँ घटेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा १ हजार ३४० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा १ हजार ३६० रूपैयाँमा कारोबार भएको थियो ।
 

सम्बन्धित खबरहरु