Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

४० लाख डोज खोप किन्न स्वास्थ्य मन्त्रालयले पायाे सहमति

अमेरिकाको जोनसन एन्ड जोनसनसँग ५० लाख डोजका लागि कुराकानी हुँदै

न्युज कारोबार काठमाडौं असार ३, २०७८       

४० लाख डोज खोप किन्न स्वास्थ्य मन्त्रालयले पायाे सहमति

चीनसँग ४० लाख डोज किन्नका लागि खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले सहमति दिएको छ । मन्त्रालयले अब चिनियाँ कम्पनी सिनोफर्मसँग खाेप खरिद गर्नका लागि प्रक्रिया अगाडि बढाउने भएकाे छ ।

खरिद गर्न लागिएकाे खाेपकाे मूल्य भने सार्वजनिक गरिएको छैन । स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्य लगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ प्रस्ताव गरेको थियो । तर, विभाग आफैँले निर्णय गर्न नसकेपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको हो । उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले खोप खरिद प्रक्रिया सुरु गरेको पुष्टि गरेका छन् । उनले अमेरिकाको जोनसन एन्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको पनि जानकारी दिए ।

भारतले आफ्नै मुलुकमा संक्रमण उच्च भएकाले खोप निर्यात गर्न नसक्ने बताएपछि सरकारले चीनसहित अन्य मुलुकसँग खरिद प्रक्रिया अघि बढाएको हो । चीनले यसअघि पनि दुई लटमा १७ लाख डोज भेरोसेल खोप अनुदान दिएको थियो ।

सम्बन्धित खबरहरु