nmb bank

गृहपृष्ठ गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

गण्डकी प्रदेश सरकारले विश्वासको मत लिने भएको छ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन लागेका हुन् । असार ४ गते (शुक्रबार) नै विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले बताए । उनका अनुसार विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ ।

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार र मन्त्रालय बाँडफाँटका काम गर्ने तयारीमा मुख्यमन्त्री कृष्णचन्द्र पौडेल रहेका छन् । सरकार गठन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पौडेल जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित समय : २२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु