Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

थप २०१४ जनामा कोरोना पुष्टि, ३०८२ जना संक्रमणमुक्त

न्युज कारोबार काठमाडौं असार २, २०७८       

थप २०१४ जनामा कोरोना पुष्टि, ३०८२ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६८७ पीसीआर परीक्षणमा २ हजार १४ जना र ४ हजार ३३५ जनामा एन्टिजेन परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट देशभर कुल २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १४ हजार २१६ पुगेको छ । यस्तै, २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।

बुधबार देशभर गरी थप ५२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

सम्बन्धित खबरहरु