Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

बुधबार दोहोरो अंकले घट्यो सेयर बजार

न्युज कारोबार काठमाडौं असार २, २०७८       

बुधबार दोहोरो अंकले घट्यो सेयर बजार

बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार मापक नेप्से परिसूचक ५२.४१ अंकले घटेर दुई हजार ९६९.६९ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ८.५६ अंकले घटेर ५४१.७० अंकमा झरेको हो ।

आज २१९ कम्पनीको दुई करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर १५ अर्ब ४८ करोड ४४ लाख७९ हजार ३१९ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये लघुवित्तको सेयरमात्रै उकालो लागेको छ भने बाँकीको सेयर रताम्ये देखिएको छ । आज धेरै कम्पनीहरु नकारात्मक सर्किटको लेभलमा पुगेका छन् ।

सम्बन्धित खबरहरु