Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

कोरोना प्रभावित उद्यम उद्धारमा ध्यान दिन साझा पार्टीको अनुरोध

न्युज कारोबार काठमाडौं असार २, २०७८       

कोरोना प्रभावित उद्यम उद्धारमा ध्यान दिन साझा पार्टीको अनुरोध

संघीय सरकारको बजेट तथा प्रदेश सरकारले बजेटमा  कोरोना महामारीबाट प्रभावित उद्यमीको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएकोप्रति विवेकशील साझा पार्टीले  गम्भीर ध्यानाकर्षण भएको छ।

संघीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन विवेकशील पार्टीले अनुरोध गरेको छ । 'बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग तथा उद्यमीका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन जोडदार अपिल गर्दछौँ।' विज्ञप्तिमा भनेको छ ।

यस्ता सहायता परियोजना ल्याउँदा व्यवसाय नवीकरणमा छुट, बैंक ऋण तिर्ने समय थप तथा ऋण मोचन, नव उद्यमीहरूलाई न्यून ब्याजदरमा ऋण प्रदान लगायतका विषय समेट्न जरुरी रहेको पार्टीको धारणा छ । विज्ञप्तिमा भनेको छ, 'पूर्ण क्षति व्यहोरेका कतिपय नव-उद्यमीलाई तिनै तहका सरकारको समन्वयमा संरक्षणको नीति र कार्यक्रम लिएर आउन हामी विनम्र अनुरोध गर्दछौँ।

सम्बन्धित खबरहरु