Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य

न्युज कारोबार वीरेन्द्रनगर असार १, २०७८       

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य

कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । मंगलबार थप ६९ जनामा कोरोनाभाइरस (कोभिड- १९)को संक्रमण देखिए पनि मृत्यु भने नभएको हो । सोमबार एकजनाको मृत्यु भएको थियो ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या २ सय ९१ पुगिसकेको छ । यद्यपि पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरुको घट्दै गएको थियो । मंगलबार यो संख्या शून्यमा झरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

मंगलबार संक्रमण पुष्टि भएका ६९ जनामध्ये आरटी-पीसीआर विधिबाट गरिएको परीक्षणमा ४६ र रेपिड-एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ जनालाई संक्रमण पुष्टि भएको हो । यो संख्यासँगै कर्णालीमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ३६ रहेको छ । हालसम्म प्रदेशभर २६ हजार ८ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । मंगलबार थप २ सय ५० ले कोरोना जितेसँगै प्रदेशभर हालसम्म २२ हजार ४ सय ४५ जनाले कोरोना जितेका छन् ।

सम्बन्धित खबरहरु