Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

दुई नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

न्युज कारोबार वीरेन्द्रनगर असार १, २०७८       

दुई नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

अपांग सशक्तीकरण केन्द्रले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकालाई तीनलाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर, थर्मोमिटर, क्याप, बुट कभर, पल्स अक्सिमिटर, सर्जिकल ग्लोभ्सलगायत रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिकालाई ६ र भेरीगंगा नगरपालिकालाई ४ प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रका सचिव पुर्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार युके एडको आर्थिक सहयोग तथा हेन्डिकेड इन्टरनेशनलको साझेदारीमा उक्त सामग्रीहरु उपलब्ध गराइएको हो ।

सचिव आचार्यका अनुसार वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्का र भेरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश बुढालाई सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सम्बन्धित खबरहरु