Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

निर्वाचन आयोगको निर्णय मान्य हुँदैन, कानुनी र राजनीतिक लडाईं जारी रहन्छ : उपेन्द्र यादव

न्युज कारोबार काठमाडौं असार १, २०७८       

निर्वाचन आयोगको निर्णय मान्य हुँदैन, कानुनी र राजनीतिक लडाईं जारी रहन्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय मान्य नहुने बताएका हुन् । आयोगको तटस्थता र निश्पक्षतामाथि नै शंका उत्पन्न भएको उनको भनाइ छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आयोगको उक्त कदमविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने उल्लेख गरेका छन् । 'निर्वाचन आयोग जस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हितअनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ । निर्वाचन आयोगले गरेका उपरोक्त काम कारबाहीविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहनेसमेत जानकारी गराउँदछौँ ।'

विज्ञप्ति :

सम्बन्धित खबरहरु