Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

रिलायन्स लाइफले व्यतित बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने

न्युज कारोबार काठमाडौं असार १, २०७८       

रिलायन्स लाइफले व्यतित बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने

रिलायन्स लाइफ इन्स्योरेन्सले कोभिड-१९ को विषम परिस्थितिमा आफ्ना ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट गर्ने भएको छ । इन्स्योरेन्सले ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बिमालेखको यही असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।

यसको फाइदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने कम्पनीको विश्वास रहेको छ । बैंक खातासम्बन्धी जानकारीको लागि बैंकको वेबसाइट http://www.reliablelife.com मा गएर पनि हेर्न सकिने बैंकले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु