Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

राेकिएन सुदूरपश्चिमबाट ओलीलाई चुनाैती, ओली पक्षका ७ प्रदेश सभा सदस्य निलम्बित

न्युज कारोबार काठमाडौं जेठ ३१, २०७८       

राेकिएन सुदूरपश्चिमबाट ओलीलाई चुनाैती, ओली पक्षका ७ प्रदेश सभा सदस्य निलम्बित

नेकपा (एमाले)को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारबाहीको क्रम जारी छ । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारबाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षका सात प्रदेशसभा सदस्यमाथि कारबाही गरेको छ ।

एमालेको केन्द्रमा देखिएको विवादका कारण प्रदेशको सबैभन्दा ठूलो दल दुई धारमा देखिएसँगै एकले अर्कोलाई कारबाही गर्ने सिलसिलाकै क्रममा आज सात सभासद्लाई कारबाही गरिएको हो । संसदीय दलद्वारा पठानसिंह बोहरा र रतन थापालाई १५ दिन तथा  बलदेव रेग्मी, लीलाधर भट्टराईलाई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ र नेपाली चौधरीलाई सात दिनका लागि निलम्बन गरिएको संसदीय दलका नेता प्रकाशबहादुर शाहले जानकारी दिए ।

संसदीय दलको ह्विप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा समेत आपत्ति जनाएकाले कारबाही गरिएको शाहले जानकारी दिए । यसअघि पनि अध्यक्ष ओलीलाई सुदूरपश्चिमबाट नेपाल पक्षले चुनाैती दिइरहेकाे छ । प्रदेश सरकारबाट फिर्ता हुन दिएकाे स्थायी कमिटीकाे निर्देशन अवज्ञा गर्दै नेपाल पक्षले उल्टै मन्त्री थपेका छन् ।

सम्बन्धित खबरहरु